मेलबर्न । अष्ट्रेलियाका विभिन्न राज्यमा सफलतापूर्वक सम्पन्न भएको सांगीतिक कार्यक्रम नाचौं गाऔं रमाइलो साँझ २०७३ मेलबर्न आइपुगेको छ ।

हाम्रो इभेन्टको आयोजनामा आइतवार मेलबर्नमा हुन लागेको यो सांगीतिक कार्यक्रमको तीव्र प्रतीक्षा रहेको छ ।

कार्यक्रममा अहिलेका चर्चित कलाकारहरु गायक सन्तोष लामा,लोक गायक मिलन लामा,लोक गायिका तथा कन्ट्रोभर्सी क्वीन ज्योति मगर,पिरतिको छाता ओढौंला फेमका गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र हाँस्य कलाकार राजाराजेन्द्र पोखरेलको आकर्षक प्रस्तुति रहनेछ । एउटै कार्यक्रममा यति धेरै कलाकारहरुको प्रस्तुति हेर्न पाउँने भएपछि कार्यक्रमप्रतिको दर्शकहरुको आकर्षण निकै बढेको छ ।

मे २२ तारिख अर्थात यो आइतवार इष्टोनियन हाउसमा हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ ।

फरक फरक विधाका अहिलेका चर्चित कलाकारहरुको जमघट हुने भएकोले कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको हाम्रो इभेन्टस्का विपिन बस्नेतले बताए ।

Comments

comments