काठमाडौं । पछिल्लो समय चीनले अफ्रिकी देशहरुमा मान्छेको मासु निर्यात गर्ने गरेको खबर इन्टरनेटमा भाइरल बनेको छ ।

विश्वका धेरै देशहरुका लागि खाद्यन्न निर्यात गर्दै आएको चीनमाथि यस्तो आरोप लागेको हो । चीनमाथि प्लाष्टिकको चामल र रासयनिक अण्डा बनाएर बेच्ने गरेको आरोप लाग्दै आएको छ । यहीबीच चीनले अफ्रिकी देशहरुमा निर्यात गर्दै आइरहेको मासुजन्य उत्पादनमा मान्छेको मासु पनि मिसावाट गर्ने गरेको खबर भाइरल बनेको हो ।

अफ्रिकी देश जाम्बियाकी एक महिलाले केही तस्वीहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि यो खबर भाइरल बनेको हो । जाम्बियामा निकै विक्ने एक ट्याबोलाइट पत्रिकाले समेत यो विषयलाई हेडलाइन बनाएर प्रकाशन गरेको छ ।

जाम्बियाका लागि चीन प्रमुख खाद्य निर्यातक देश हो । खबरका अनुसार चीनका केही मासु कम्पनीहरुले वेवारिसे व्यक्तिहरुको शवलाई पनि गोरुको मासुसँगै मिसाएर पठाउँने गरेको ती महिलाको पोष्टमा उल्लेख छ । तर यसको उदेश्य के हो भन्नेबारेमा भने केही उल्लेख छैन ।

चीनले भने यो हल्लाको खण्डन गरेको छ । जाम्बियाका लागि चीनका राजदूत यङ्ग यूमिनले एक विज्ञप्ति जारी गरि यो हल्लामा कुनै सत्यता नभएको उल्लेख गरेको छ ।

 

Comments

comments