काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार बीपी राजमार्ग हुादै पूर्व लागेका छन् । सिन्धुलीमाढी पुगेका शाहलाई सरकारको मुख्य घटक दल राप्रपा नेपालका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

शाहलाई कमलामाई नगरपालिकामा स्वागत गरिएको छ । स्वागतका क्रममा राप्रपा नेपालका नेता तथा कार्यकर्चाले पूर्वराजालाई देशबचाउन आग्रह गरेका थिए ।

ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने- सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।

आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने- समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।

Comments