काठमाडौं । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।

बैंक स्टेटमेन्ट, लालपूर्जा लगायतका कागजात आवश्यक नपर्ने भएकोले अमेरिका आवेदन अब सहज हुनेछ ।

दूतावासका अनुसार यो नयाँ नियम जेठ १९ गतेबाट पर्यटक तथा विद्यार्थी भिसा आवेदन गर्नेहरुमा लागू हुनेछ । आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनेर उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गा सम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र पेश गर्नु नपर्ने दूतावासले स्पष्ट पारेको छ । यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइने पनि उसले बताएको छ ।

जेठ १९ गतेदेखि पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले राहदानी, पुराना राहदानी, कन्फरमेसन पेज, आवेदन शुल्क भुक्तानी रसिद, फोटो र ट्रान्स्क्रिप्ट पेश गरे पुग्नेछ ।

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने जनाएको छ ।

विभिन्न कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायतका विवरण गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले पाएपछि नियम परिवर्तन गरेको उल्लेख गरेको छ ।

Comments

comments