काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नगर्नुको कारणवारे सरकारसंग जवाफ मागेको छ ।

अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दायर गर्नुभएको रिटको मङ्गलवार सुनुवाई गर्दै सर्वोच्चले सरकारसँग जवाफ मागेको हो ।

लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा जनता नागरिक अधिकारवाट वञ्चित हुन परेको भन्दै अधिवक्ता ज्ञवालीले सर्वोच्चमा रिट हाल्नु भएको थियो । रिटमा स्थानीय निकायको निर्वाचन गराउन आदेश दिन माग गरिएको थियो ।

रिट उपरको सुनुवाईपछि कायममुकायम प्रधानान्याधीस सुशीला कार्कीको एकल इजलासले स्थानीय निकायको निर्वाचन नगर्नुको कारणबारे सरकारसंग जवाफ माग गरेको हो ।

नेपालमा वि.स. २०५४ सालदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । जसको कारण स्थानीय जनता राजनीतिक अधिकारसंगै विकासको पहुँचवाट वञ्चित हुनु परेको भन्दै चौतर्फी चुनावको माग हुँदै आएको छ ।

Comments

comments