काठमाडौं । मेडिकलवाटै लागूऔषधजन्य औषधिहरु विक्रीवितरण भैरहेको आशंकामा प्रहरीले केही पसलहरुमा छापा मा¥यो । प्रहरीलाई प्राप्त विषेश सूचना सत्य सावित पनि भयो । राज्यले करोडौं रकम लागूऔषध नियन्त्रणका लागि खर्च गर्दै आएको छ । तर मेडिकलवाटै वितरण हुन थाले पछि पेशाको वदनाम त भयो नै, राज्यको लगानी वालुवामा पानी वरावर हुन पुगे झै भएको छ ।

मुलुककै जेठो अस्पताल वीर अस्पताल परिसरमा रहेका मेडिकलहरुमा ग्राहकहरुको निकै भीडभाड देखिन्छ । विमारीहरुको चाप हुने वीर अस्पताल नजिकका मेडिकलहरुमा ग्राहक तथा विमारीहरुको भीड दुई कुराले हुने गरेको हो । विमारीको चाप र औषधिहरु सहजरुपमा उपलब्ध हुनु । त्यसैले यी औषधि पसलहरु लागूऔषध नियन्त्रण व्युरो तथा औषधि विभागको नजरमा प¥यो । कारण थियो – यहाँ लागूऔषधजन्य औषधिहरुको जथाभावी विक्री वितरण हुनु । गत हप्ता अपराध महाशाखा, औषधि व्यवस्था विभाग र गृहमन्त्रालयअन्तर्गतको लागूऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले अनुगमन गर्दा आयुष फर्मा, सन्तोष फर्मा, सत्यम फर्मा र आरफ फार्मेसी लगायतका पसलहरुवाट डाइजेपाम, कोनाल्जेपाम, कोडिन फोस्फेट, मोर्फिन सल्फेट, लोराजेपामलगायतका पेन किलर, डिप्रेसन, निद्रा लगाउने जस्ता विभिन्न लागूऔषधजन्य औषधिहरु जथाभावी विक्रि वितरण भैरहेको पाइएको थियो । औषधि ऐनले वर्जित गरेका कामहरु समेत त्यहाँ धमाधम भइरहेको देखिएको थियो ।

अक्सर नेपालमा महँगो र उच्च कोटीका लागूऔषधहरु खपत हुदैनन् । खैरो तथा सेतो हिरोइन, कोकिनलगायतका त्यस्ता पदार्थहरुको वजार नेपाल होइन । प्रहरीको अनुसन्धानमा पनि औषधिजन्य लागूपदार्थ सेवनकर्ताहरुको पछ्रिल्लो पाँच वर्षमा दोब्बर वृद्धि भैरहेको तथ्यांक छ । अर्थात लठ्याउने, निद्रा लगाउने, दुखाई कम गर्ने औषधिहरुको मिश्रण गरी लागूऔषधको रुपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको भन्दै प्रहरीले मेडिकलमा प्रयोग हुने औषधिहरुमाथि विशेष निगरानी तथा अनुगमनलाईं तीव्रता दिएको छ । स्वास्थ्य विज्ञानमा केही औषधिहरु छन् जुन अत्यावश्यक औषधिहरु हुन् । ती लागूऔषधजन्य औषधिहरु हुन् । मेडिकलहरुले विक्री वितरण गर्न पाउँछन् तर त्यसको खपत, भण्डारण तथा विक्री वितरणका लागि चिकित्सकको सल्लाह अनिवार्य हुन्छ नै ।

खृुल्ला सिमाना, सस्तो मूल्य र कमजोर नीतिका कारण वजारमा सर्वत्र उपलब्ध हुने भएकाले औषधिजन्य औषधिहरुलाई लागूऔषध प्रयोगकर्ताहरु सहजै प्राप्त गर्छन् । औषधि पसलहरु पनि मुनाफाका लागि चिकित्सकको सिफारिस विना नै जथाभावी र जोकोहीलाई विक्री गर्ने तर लगत नराख्ने भएकोले प्रहरीको टाउको दुखाई बन्दै गएको छ ।

Comments

comments