मेलबर्न । मेलबर्नमा सोमवार आयोजित बार्बिक्यू कार्यक्रममा नेपालको विकासबारे वहस भएको छ ।

अन्तराष्ट्रिय नेपाली समाज मेलबर्नको अयाोजनामा कोबर्ग लेकमा आयोजित बार्बिक्यूसहितको अन्तक्र्रिया कार्यक्रममा नेपालको विकासका लागि प्रवासी नेपालीहरुले के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

नयाँ शक्ति नेपालको अन्तरिम परिषद्का केन्द्रीय सदस्य शरद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खरेलले प्रवासी नेपालीहरुले हासिल गरेका सीप,क्षमतालाई नेपालको विकासमा उपयोग गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अन्तराष्ट्रिय नेपाली समाज मेलबर्नका संयोजक श्रीकृष्ण सिलवालले सञ्चाल गर्नुभएको अन्तरक्रिया कार्यक्रममा मेलबर्नका अग्रणी व्यक्तित्वहरु डा. भक्त खड्का, ईन्जिनियर मुकुन्द सेन, व्यवसायी हरि कार्की र हिमालयन कङ्गारुका अरुण लम्सालले विभिन्न क्षेत्रमा गर्न सकिने योगदानको बारेमा चर्चा गर्नुभएको थियो । अब नेपालमा सहयोग होइन लगानी गर्नुपर्नेमा सबैको मतैक्यता रहेको थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियकी प्रवक्ता रेखा न्यौपानेले महिला सहभागितालाई पनि जोड दिनुपर्ने बताउँनुभयो । मेलबर्नमा देखिएको महिलाहरुको उत्साहजनक सहभागिताले आफू आशावादी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा आगामी मे २२ तारिखका दिन सिड्नीमा हुन लागेको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत जानकारी दिइएको थियो । भेलामा नेपालबाट नयाँ शक्तिका नेता मुमाराम खनाल प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछन् भने संयोजक डा बाबुराम भट्टराईले स्काइपबाट सम्बोधन गर्ने बताइएको छ ।

Please follow and like us:

Comments