काठमाडौं । दुई दिनसम्म सिंहदरवार घेराउ आन्दोलन गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार घेराउ गर्ने भएका छन् ।

गठबन्धनको प्रदर्शनका कारण दोस्रो दिन सोमवार पनि राजधानी काठमाडौं उपत्यकाको सवारी आवगमन प्रभावित भएको थियो । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिन धर्ना र प्रदर्शन गरेको संघीय गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको हो । आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ भने सिंहदरवारको धर्ना कार्यक्रम हाललाई स्थगित भएको छ ।

गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेर्ने छन् । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष दबाब दिन प्रधानमन्त्री निवास वालुवाटार घेराउ गर्न लागिएको गठबन्धनले जनाएको छ ।

Comments

comments