भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिका संसदमा सम्बोधन गर्दा सभामुख नजिकैको रोष्टममा  नयाँ सिट बनाइने भएको छ । कार्यव्यवस्था परामर्श समितिको  बैठकले संसदमा सम्बोधनका लागि आउँदा मोदीलाई राख्ने स्थान टुङ्गो लगाउदै रोष्टममा नयाँ सिट बनाउने निर्णय गरेको छ । तर  देशका प्रधानमन्त्री सभासद्कै रोहमा बस्दै आएका छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा  मोदीले आइतबार अपराहृन ४० मीनेट संसदलाई सम्बोधन गर्नेछन् । नेपालको संसदमा विदेशी सरकार तथा राष्ट्रप्रमुखले रोष्टममै उभिएर सम्बोधन गर्न लागेको यो पहिलो घटना हो ।

ब्यवस्थापिका संसदमा मोदीलाई रातो कारपेटमा स्वागत गर्ने तयारी पनि सरकारले गरेको छ ।  संसदको गेटबाट सभामुख नेम्वाङले स्वागत गर्नेछन् । मोदीलाई रातो कार्पेटबाट सभामुखको चेम्बरमा लिनेछन् । त्यसपछि नेम्वाङ र मोदीबिच २५ मिनेट भेटवार्ता हुने छ भने सोही अवसरमा नेम्वाङले इलामको चिया उपहार दिने कार्यक्रम रहेको छ ।

सोल्टीमा डिनर  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारले सोल्टी होटलमा डिनर दिने भएको छ । आइतबार बेलुकाका लागि डिनरको तय भएको उच्च स्रोतले जानकारी दिएको छ ।

तीन मन्त्रीसहित करिब सय जनाको टोलीसहित मोदी आइतबार बिहान करिब ११ बजे नेपाल आउने छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री कार्यालयमा पुगी त्यहा वार्ता र विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि उनी सिंहदरबारबाट बानेश्वर पुगी संसदलाई ४० मिनेट सम्बोधन गर्ने छन् । हायातमा फर्किएर केही समय आराम गरेपछि बेलुका डिनरका लागि सोल्टी होटल जाने कार्यक्रम रहेको स्रोत बताउछ ।

सोमबार बिहान करिब आठ बजे पशुपती मन्दिरमा पूजा गर्ने । केही नेताहरुलाई भेटेपछि उनी राष्ट्रपति डा.रामवरण यादबलाई भेट्न राष्ट्रपति निवास जाने छन् । सोमबार राष्ट्रपति निवासमै लंच खाने उनको कार्यक्रम त्यसपछि केही समय होटलमा आराम गरी उनी भारत फर्कर्ने कार्यक्रम तय भएको छ ।

Comments

comments