मेलबर्न । नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले परिचायत्मक तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्ना नयाँ पदाधिकारीहरुको परिचय गराउँन र नेपाली समाजका अगुवाहरुबीच अन्तरक्रिया गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको न्याभले जनाएको छ । कोबर्ग्स्थित लाईब्रेरीको हलमा आइतबार सम्पन्न चियपान तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष डा. अनुपम पोखरेलले पदाधिकारीहरुको परिचय गराउँनुभएको थियो । उक्त अवसरमा पोखरेलले संस्थाले गठन गरेका विभिन्न विधाका कमिटीका साथै आगामी दिनका योजनाहरु पनि प्रस्तुत गर्नुभएको थियो ।

nav 1कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, न्याभका पूर्वअध्यक्षहरु रञ्जन वैद्य, राजु अधिकारी, बम योञ्जन, सुधिर शाक्य लगायत पूर्व पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

यस्तै भिक्टोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा भएको कार्यक्रममा आगामी दिनमा न्याभले खेल्नुपर्ने भूमिका, संस्थाका चुनौती लगायतका विषयमा अन्तक्र्रिया गर्दै सुझावहरु संकलन गरिएको थियो ।

Comments

comments