–बुद्धि शर्मा ।

आन्दोलनरत संघीय गठबन्धनले जेठवाट राजधानी केन्द्रीत आन्दोलन सुरु गरेपछि लामो आन्दोलनका कारण आजित भईसकेका जनता पुनः आक्रोसित हुन पुगेका छन् । निकास भन्दा पनि सस्ता आन्दोलनमा जोड दिनाले राजनीति अस्थिरमात्र भएको छैन् मानिसहरुको दैनिकी समेत प्रभावित भएको छ । एकातर्फ आन्दोलनरत पक्ष न्युनतम निकासका आधारको लागि तयार नहुने र अर्कोतर्फ प्रमुख दलहरु पनि मागहरुप्रति गम्भिर नहुँदा जनता आक्रोसित भएका हुन् ।

तराई मधेसमा आन्दोलन चर्काईरहेको समयमा आन्दोलन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माग पूरा नगरेसम्म राजधानी नफर्किने अडान लिएको थियो । तर सीमा अवरोध, आन्दोलनमा घट्दो जनसमर्थन, छिमेकी भारतको प्रत्यक्ष सहयोगप्रति जनआक्रोस, नाकाबन्दीवाट सिर्जित समस्या लगाएतका कारणहरुले मोर्चा आन्दोलन स्थगित गर्न वाध्य भयो ।

त्यसयता बैसाखसम्म आईपुग्दा मोर्चा राजधानी केन्द्रीत आन्दोलन गर्ने स्थितीमा पुग्यो । त्यसकोलागि केही जनजाती संगठनहरुसंग समेत तालमेल गरी संघीय गठबन्धन तयार भयो । मोर्चाले सीमाक्षेत्र अवरोध लगायतका आन्दोलन छोडी राजधानीको सिहंदरवारसम्म आएर निकासको लागि दवाव दिनु केही हदसम्म सकरात्मक भएको विश्लेषकहरुको भनाई छ । आन्दोलनमा जनताको समर्थन निकै कम छ भन्ने आरोपलाई यसपटकको आन्दोलनले चिर्ने र सरकारलाई आफ्ना मागमा सहमत हुन वाध्य पार्ने आन्दोलनकारीहरुको दावी छ ।

अहिलेको समय आन्दोलन चर्काएर जनतालाई अनावश्यक कष्ट दिने समय होईन भन्ने धेरैको भनाई छ ।

सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएर आग्रह गरिसकेको अवस्थामा वार्ता र छलफलवाट नै निकास खोज्नुपर्ने धेरैको सुझाव छ । सरकार र आन्दोलनकारी दुवैले आफ्ना पक्षवाट हठ त्यागी तत्कालका लागि न्युनतम सहमति गरी अगाडी बढेमा निकास निस्कनेमा दुईमत छैन् । तर निषेधको राजनीति स्विकार गरे त्यसले कसैलाई पनि राम्रो गर्दैन् ।

Comments

comments