कम्तिमा तीन दिन आराम गर्न सल्लाह दिए पछि एमाओवादी अध्यक्ष प्रचण्डले विश्राम लिने भएका छन् । तीन दिनअघि सासूको निधन भएपछि चितवन पुगेका अध्यक्ष प्रचण्ड काठमाडौं फर्केलगत्तै बिरामी भएका छन् |

चिकित्सकहरु डा. बुलन्द थापा र डा. लोचन कार्कीले उनको स्वस्थ्य अवस्था परिक्षण गरेका थिए | शुक्रबार लाजिम्पाटस्थित निवासमा स्वास्थ्य जाँच गरेपछि चिकित्सिकहरुले एन्टिबायोटिक औषधि दिएका छन् । उनी बिरामी भएपछि शुक्रबार बस्ने भनिएको एमाओवादी स्थायी कमिटीको बैठकस्थगित भएको छ ।

Comments

comments