मेलबर्नमा । किराँत समुदायको धार्मिक तथा सांस्कृतिक पर्व सकेलाको अवसरमा अष्ट्रेलियाको भिक्टोरियामा पनि विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

किराँत समाज भिक्टोरियाको आयोजनामा यही मे २८ तारिखका दिन मेलबर्नमा सकेला पर्व मनाउँन लागिएको हो । वैशाख पूर्णिमाका दिन पर्ने उभौली पर्वको अवसरमा किराँत महोत्सवको आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

मेलबर्नस्थित फेडेरेशन स्क्वायरमा अवस्थित विरारङ मार पार्क,रिभर टेरेसमा आयोजना हुने महोत्सव मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म जारी रहनेछ ।

महोत्सवमा किराँत समुदायका मौलिक र परम्परागत सामाग्रीहरुका साथै नेपाली खानाको स्टल समेत रहनेछ । साथै मौलिक किराँत नाच र गीत संगीत कार्यक्रमको आकर्षणको रुपमा रहनेछ । किराँत महोत्सवमा मेलबर्नमा रहेका सबै नेपाली समुदायको उपस्थिपत रहने आयोजकको अपेक्षा छ ।

महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको छ भने आगन्तुकहरुलाई सकभर परम्परागत नेपाली पोशाकमा उपस्थित हुन आयोजकले विशेष रुपमा आग्रह गरेको छ ।

Photo : File/Solangture

Comments

comments