काठमाडौं । शनिवार राजधानी काठमाडौं छिर्ने प्रमुख नाका थानकोटमा बर्दी सहित आएका एक भारतीय प्रहरी पक्राउ परेका छन् ।

नेपाल प्रहरीले सोधपुछ गरेपछि उनले घुम्नका लागि आएको जवाफ दिएका थिए । पछि उनलाई सादा पोशाकमा घुमेर फर्कने शर्तमा छाडिएको थियो ।

तर स्रोतका अनुसार सादा पोशाकमा ठूलै संख्यामा भारतीय प्रहरी काठमाडौं आएका छन् । मधेशवादी दलहरुसहितको ३० दलीय संघीय गठबन्धनले आइतबारदेखि गर्न लागेको सिंहदरवार घेराउ तथा प्रदर्शन कार्यक्रममा सहयोग पुर्याउँने उदेश्यले ती प्रहरीहरु काठमाडौं खटाइएको हो ।

केहीदिन अघिदेखि नै राजधानी काठमाडौंमा ठूलो संख्यामा भारतीय सेना र प्रहरीहरु सादा पोशाकमा प्रवेश गरेको स्रोतको दाबी छ । उनीहरुलाई राजधानीका विभिन्न ठाउँमा परिचालन गरिएको बताइन्छ ।

३० दलीय संघीय गठबन्धनले २ गतेदेखि अनिश्चितकालका लागि गर्ने भनेको सिंहदरवार घेराउ तथा प्रदर्शन कार्यक्रमकै अगाडि भारतीय सुरक्षाकर्मीहरु राजधानी भित्रिएपछि विभिन्न आशंका जन्मिएको छ ।

Comments

comments