मेलबर्न । नयाँ शक्ति निकट मानिने अन्तराष्ट्रिय नेपाली समाज अस्ट्रेलियाको पहिलो राष्ट्रिय भेला यहि मे २२ तारिख आइतवार सिड्नीमा हुने भएको छ ।

सिड्नीको यास्फिल्ड स्कुलको प्राङ्गणमा हुने भेलाले आगामी दुई वर्षका लागि कार्यकारी कमिटि बनाउने छ । हाल समाजको अष्ट्रेलियाको प्राय सबै राज्यमा कमिटि गठन भैसकेको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनालको प्रमुख आतिथ्यमा हुने उक्त भेलामा नया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले पनि स्काइप मार्फत प्रशिक्षण तथा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको अन्तरिम संयोजक विनोद पौडेलले बताउनुभयो । कार्यक्रममा अष्ट्रेलियाभरिका सबै राज्यको प्रतिनिधिको उपस्थिति हुने छ । भेला लगतै अन्तक्र्रिया समेत हुने तय भएको प्रवक्ता रेखा न्यौपानेले बताउनुभयो ।

सबै विचार बोकेको मान्छेलाई निमन्त्रणा गरिएको कार्यक्रमप्रति धेरै नेपालीको चासो रहेको आयोजकको बुझाइ छ । त्यसैले यसलाई सक्दो सरल र व्यवस्थित तरिकाले गर्ने सोच बनाइएको आयोजक सदस्य सुवन चौलागाईले बताउनुभयो ।

अन्तराष्ट्रिय नेपाली समाज नेपाल विकासको नयाँ योजना बोकेर सुरुवात गरिएको ’नयाँ शक्ति’को विदेशी संगठन हो ।
विदेश बस्ने युवाहरुलाई नेपाल विकास र नीति निर्माणमा संलग्न गराउने हेतुले यो संस्था सुरुवात गरिएको हो ।

Comments