हुम्ला जिल्लाको हिल्सा सिमिकोट नाकाबाट तिब्वतको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर यात्रा बन्द भएको छ । सीमा पासको आधारमा तीर्थयात्रा सहित व्यापार गर्न जाने गरेका हुम्लीहरुले यो वर्षदेखि व्यापारिक केन्द्र ताक्लाकोट वजारसम्म मात्र जान पाएका छन् ।

सीमा पासले चीनको सीमादेखि ३० किलोमिटर परसम्म जान पाउने र तिब्बतको कैलाश मानसरोवर जान चिनियाँ दुतवासको अनुमति चाहिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जनाएका छन्  । कोदारी मार्गबाट मात्र प्रवेश अनुमति दिएको चीनले दैनिक ५० जना भारतीय नागरिकलाई मात्र कैलाश मानसारोवरमा जान दिएको छ  । चीन सरकारका कडाइका कारण यस वर्ष मानसरोवर यात्राका लागि विदेशी पर्यटक नआएको होटल व्यवसायीहरुले गुनासो छ  ।

पश्चिमी मुलुक र भारतीय पर्यटकको प्रमुख पर्यटकस्थल बनेको कैलाश मानसरोवर तीर्थस्थलमा पर्यटक कम आएकाले होटल ब्यवसायी र स्थानीय व्यापारी मर्कामा परेका छन् । दैनिक यो समयमा घोडा खच्चड भरिया सहित पर्यटकहरुको ओहोरदोहोर हुने हिल्सा नाका यो वर्ष सुनसान छ । हुुम्लाको ५ दिनको पैदल यात्रापछि तिब्बतको ताक्लाकोट वजार हुदै कैलाश घुम्ने पर्यटकहरु यो वर्ष नआउदा सिमकोट, हेप्का, डाँडाफया, खगालगाउँ र मुचु गाविसका ब्यापारी पशुपालक किसान र होटल व्यावसायीहरु मर्कामा परेका छन् ।

Comments

comments