काठमाडौं । आइतबार बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पराकम्प गएको छ ।

राजधानी काठमाडौंमामा समेत मानिसहरुलाई उठाएको उक्त पराकम्प ४ दशमलव ४ रेक्टर स्केल मापान गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान साढे ४ बजे सिन्धुपाल्चोकको इचोक आसपालाई केन्द्रबिन्दु परकम्प गएको हो ।

यसअघि शनिवार बिहान पनि सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो ।

गएको वर्ष गोरखा बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको परकम्प पछि पराकम्प आउने क्रम रोकिएको छैन ।

यसक्रममा ४ रेक्टर स्केलमाथिका ४५८ पटक परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Please follow and like us:

Comments