काठमाडौं । सिन्धुपाल्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ बजेर ५ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार बिहान १ बजेर ९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो ।

अघिल्लो वर्ष वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसकै परकम्प अझै आइरहेको छ ।

Comments