नेपालमा  अवसरको कमि हुदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ ।  आर्थिक वर्ष २०५०/५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०/०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना पुगेको छ ।  गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये चार लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला रहेका छन् ।

आव २०६९/७० मा चार लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएकामा गएको आवमा ७४ हजार २७१ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका हुन् ।  गएको आर्थिक वर्ष २०७० २०७१ मा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् ।  वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन एक हजार ४४६ नेपाली बिदेसिने गरेका छन् ।

गत आ.व.मा साउनमा ४५ हजार ९३७ जना र भदौमा २४ हजार २१४ जना, असोज महिनामा ३१ हजार ९५९ जना, कात्तिकमा ३१ हजार ९४९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।  त्यसैगरी मङ्सिरमा ४१ हजार ६३४ जना, पुसमा ५० हजार ३२ जना, माघमा ३७ हजार २८५ जना, फागुनमा ४८ हजार ५५२ जना, र चैतमा ४५ हजार ८५४ जना, वैशाखमा ५४ हजार १७३, जेठमा ५४ हजार ९२६ र असारमा ६१ हजार ७१७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

Comments