काठमाडौं । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टी बढेको छ ।

पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिवर्तनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकार परिवर्तनसँगै उठेका विषय र त्यसको समीक्षाको लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताए ।

Comments