मेलबर्न । गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पको बेलामा खिचिएका तस्वीरहरुको प्रदर्शनी मेलबर्नमा सुरु भएको छ । हाल मेलबर्नमा बसोबास गर्दै आएका भक्तपुर स्थायी घर भएका फोटोग्राफर अरुण चित्रकारले खिचेका यी तस्वीरहरु मेलबर्नको ब्लक आर्केडमा प्रदर्शनीका लागि राखिएका छन् ।

chandraभिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले विहीवर शुभारम्भ गर्नुभएको प्रदर्शनी एक सातासम्म जारी रहनेछ । अवसरमा महावाणिज्यदूत योञ्जनले यस किसिमको प्रदर्शनीलाई अझ व्यवस्थित र ग्यालरीमै गर्न सके प्रभावकारी हुने भन्दै त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । फोटोग्राफर चित्रकारले स्थान अभावका कारण आफुले छानेका सबै फोटोहरु प्रदर्शनीमा राख्न नसकेको दुखेसो पोखे । उनले एक सय फोटोमध्ये ३० वटा मात्रै प्रदर्शनीमा राखेको जानकारी दिए । सार्वजनिक ठाउँमा प्रदर्शन गर्नुपरेकोले फोटो राख्दा पनि विशेष ध्यान दिनुपरेको उनले बताए ।

anilमेलबर्नबासी नेपालीले भूकम्पको बेला गरेको सहयोगको सम्मानस्वरुप भूकम्प गएको वर्ष दिन पुगेको सन्दर्भ पारेर आफूले खिचेका फोटोहरुको प्रदर्शनी गरिएको फोटोग्राफर चित्रकारले बताए । प्रदर्शनीको दोस्रो दिन शुक्रवार पनि उल्लेख्य संख्यामा दर्शकहरुले प्रदर्शनमा राखिएका फोटोहरुको अवलोकन गरेका थिए ।

दर्शकहरुको आकर्षण र उनीहरुले दिइरहेको प्रतिक्रियाबाट आफू निकै उत्साही भएको समेत उनले बताए । अब छिट्टै नेपाली कला र संस्कृति झल्किने फोटोहरुको प्रदर्शनी गर्ने योजनामा रहेको फोटोग्राफर चित्रकारले बताए ।

Please follow and like us:

Comments