काठमाडौं । एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकता हुने भएको छ ।

बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले बिभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो ।

मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

एमाओवादीसँग एकता गर्नेरनगर्ने विषयलाई लिएर नेकपा क्रान्तिकारी माओवादी विभाजन उन्मुख भएका बेला एमाओवादीले एकताको विषयमा राजनीतिक, वैचारिक र सांगठनिक विषय शुक्रबारसम्म टुंग्याउने निर्णय समेत गरेको पार्टी महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । सबै माओवादी पार्टीसँग एकता गर्ने विषयमा जानकारी गराउन जेठ १ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

दश वर्षे सशस्त्र युद्ध गर्दा एक रहेको माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि पटक पटक विभाजित भएर आधा दर्जनको संख्यामा विस्तार भइसकेको छ। एमाओवादीबाट अलग्गिएर डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, मात्रिका यादव र मणि थापाले अलग अलग पार्टी गठन गरेका थिए ।

स्थायी समितिको बैठकको निर्णय अनुमोदन गर्न आगामी जेठ १ गते केन्द्रीय समिति बैठक डाकेको छ ।

Comments

comments