मेलबर्न । आफ्नै निर्माणमा बनेको चलचित्र रातो घरको प्रदर्शनका लागि अष्ट्रेलिया आएका तक्मे बूढा अर्थात कलाकार विल्सनविक्रम राईसँग मेलवर्नवासीले आज साँझ प्रत्यक्ष भेटघाट गर्न पाउँनेछन् ।

मेलबर्नस्थित बिगबेली रेस्टुरेन्टमा आज साँझ मिट एण्ड ग्रीट विल्सनविक्रम राई कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा कलाकार राईसँग भलाकुसारी गर्न,नाच्न, हाँस्न र फोटो खिच्न पाउँनेछन् ।

ईमान ईज्जत् र प्रेस्टीज् भाको अनि तक्मा लगाको थेगोबाट दर्शकलाई हँसाउदै आएका तक्मे बूढासँगको भेटघाट कार्यक्रम नेप्ले इभेन्टसले आयोजना गर्न लागेको हो ।

नाईन्टीन फाउन्टीन् युद्द लड्दा तक्मा बूढाले कसरी तक्मा पाए ? त्यही तक्मा पाएको किस्स हरेकलाई सुनाउँदा सुनाउँदै उनी कसरी सबैका प्रिय हुन सके ? मेलबर्नवासी नेपाली दर्शकहरुका मनमा रहेका यस्तै प्रश्नहरुको जवाफ दिन तक्मा बूढा अर्थात कलाकार विल्सन विक्रम राई मेलबर्न आएका हुन् ।

Comments