काठमाडौं । सरकारले नेपाली कामदार वैदेशिक रोजगारमा पठाउने व्यक्तिलाई रोजगारदातामूलक ओमनका लागि नेपाली राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको छ ।

दुबईलाई बेस बनाएर खाडी तथा मलेसियाका कम्पनीलाई कामदार पठाउने कार्यमा क्रियाशील शर्मिला पराजुलीलाई मन्त्रिपरिषद्को बैठकले ओमनको राजदूतमा सिफारिस गरेको हो । उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटामा उनी राजदूत सिफारिसमा परेकी हुन् ।

सन् २०१४ सेप्टेम्बरदेखि ओमनमा नेपाली दूतावास खुलेको थियो । संसदीय सुनुवाईपछि उनी ओमनका लागि पहिलो नेपाली राजदूत हुनेछिन् । उनको परिवारै मेनपावर क्षेत्रमा क्रियाशील छन् ।

Comments