काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार एकाएक उत्पन्न भएको स्थानीय वायुमण्डलीय प्रणाली र पानी पार्ने बादल विकास भएपछि वर्षा भएको हो ।

मंगलवार साँझसम्म नै पानी पर्ने सम्भवना रहेको उहाँले बताउँनुभयो । रातिदेखि भने सुधार हुने उहाँको भनाइ छ । मौसम विभागक अनुसार मध्य र सूदूरपश्चिमका जिल्लामा पनि वर्षा भईरहेको छ । पूर्वतिर भने वर्षा नहुने मौसमविदको भनाइ छ । मध्य र सुदुरपश्चिममा भने हिजोदेखि नै मौसमी प्रणालीका कारण वर्षा भइरहेको छ ।

वर्षा भएसँगै जल तथा मौसम विज्ञान विभागले मुलुकका ७१ वटा ठूला नदीमा बाढीको सम्भावित भविष्यवाणी समेत गरेको छ ।

Comments