मेलबर्न । २६ वर्षीय किम र भउगान टुसी गएको जनवरीमा अभिभावक बने । तर, एक होइन पाँच पाँच सन्तानको त्यो पनि एकैपटक । यिनै आमा र उनका पाँच सन्तानहरुको फोटोशुट हालै एरिन एलिजावेथ फोटोग्राफीले गरेको छ ।

फोटोमा यी पाँच सन्तानलाई विभिन्न रंगका कपडामा बेरिएको र उनलाई आमाले आफ्नो साथमा लिएको देख्न सकिन्छ । यी पाँचजनाको नाम पनि उनीहरुले राखिसकेका छन् । किथ, अली, पिनेलोप, टिफानी र बेट्रिक्स । यति मात्र होइन एउटा टोकरीमा पाँचैजनालाई राखिएको फोटो पनि सार्वजनिक गरिएको छ । निकै आकर्षक देखिएका यी फोटोमा नवजातहरु शान्त मुद्रामा देखिएका छन् । यसअघि ९ वर्षको छोरा र २ छोरीहरुको आमाबुबा भइसकेका यी अभिभावकलाई थपिएका पाँच सन्तानसहित आधादर्जन भन्दा बढी सन्तानको अभिभावक हुने मौका एकैपटक जुरेको छ ।

aama2उनीहरुलाई कम्ति मेहनत परेको छैन होला । यो हामीले बुझ्न सक्छौं तर प्रतिक्रियामा उनीहरुले भनेका छन् । हामीलाई कुनै समस्या छैन । हामी यति खुशी कहिल्यै भएका थिएनौं । तर, समस्या पनि कम छैन । यी आठ सन्तानलाई उनीहरुले राम्रै हेरचाह गर्नुपर्छ । कप्तामा एक नवजातलाई मात्रै ३ सय ५० नेप्पी बदल्नुपरेको र ८ पटक खाना खुवाउने गरेको उनीहरुले बताएका छन् । उनीहरुको समस्या कस्तो छ भने यी परिवारका १० सदस्य नै एकै पटक कतै जान चाहे भने अटाउने साधन पनि छैन । यसका लागि केही साथी र परिवारका सदस्यहरुे गो फन्ड मीमा पेज खोलेर ४० हजार डलर संकलन गर्ने प्रयास गरेका छन् । जहाँ १५ हजार ९ सय ५० उठिसकेको छ ।

aama 3जब उनी गर्भवति थिइन् । तब चिकित्सकहरुले पेटमा रहेका ५ बालबालिकामध्ये २ जनासम्मलाई बचाउन सकिन्छ कि भनेका थिए । बच्चाहरु शरीरमा बढ्दै गएपछि आमालाई समेत खतरा हुनसक्ने चिन्ता चिकित्सकहरुलाई थियो । र, यसैले निर्धारित समय अघि नै अपरेशन गर्ने योजना थियो । तर, उनले पूरै समय गर्भमा रहन दिने निर्णय गरिन् ।

जब उनले बच्चाहरुलाई जन्म दिइन् त्यतिबेला ५० जना डक्टर र नर्सहरु स्ट्याण्डबाई खटिएका थिए । जब ५ सन्तान २ मिटेभित्रैमा यो धर्तीमा आए तब उनी खुशी मात्र भइनन् उनलाई लाग्यो, मैले शायद जिन्दगीमा पहिलो पटक गर्वगर्न लायक काम गरेको छु ।

-एमएन टिभी

Comments

comments