नाम जस्तै संगीतमा उज्ज्वल भविष्य निर्माणका लागि अनवरत प्रयत्नरत उज्ज्वल केसी सुमधुर स्वरका धनी एबं सुपरिचित गायक हुन् | सन् २०१३ मा हिट्स एफ एमको ५ विधामा उनको स्वरले मनोनयन प्राप्त गर्यो | पर्थमा स्थायीरुपले बसोवास गर्दै आएका गायक उज्ज्वल केसीको पहिलो एल्बम “न्यानो शहर” सत्रौ हिट्स एफएम म्युजिक अवार्डको विभिन्न पाँच विधामा मनोनयनमा परेको थियो | आफ्नो मेहेनत माथि श्रोताको माया, आशिर्वाद र साथले दिलाएको अमुल्य खुशी उनि अझै सम्झिरह्न्छ्न् | संगितक शिखर चढ्दै गरेका गायकलाई यो भन्दा खुसीको कुरा के नै हुन्छ र | सोखकै रुपमा संगीतमा लागेका उज्ज्वल अहिले भने यसलाई जीवनकै अभिन्न पाटो मान्न थालेका छन् | तर जन्मभुमि छोडेर विदेशिनुको मर्म एकातिर हुँदा हुँदै संगीतमा नै पुरा समय खर्चेर जिविको पार्जन गर्न सकिने अवस्था अझै नआएकोमा उनको दुखेसो छ |

ujjwol
नेपाली गीत संगीतको मौलिकता अरुकुनै देशका संगीत संग दाँजेर हेर्न नसकिने उज्व्ँलको मुल्यांकन छ | उनि चाहन्छन्, हर नेपालीले नेपाली संगीत मन पराउन्, माया गरुन् अनि संरक्षण गरुन जो नेपालको अमुल्य सम्पति हो |
आफ्नो सफलताको पछाडी पिताको मुख्य भूमिका रहेको गायक केसीको भनाई छ | उनि भन्छन् ” म मेरो हरेक पल को सफलताका बारेमा बुबा सँग कुरा गर्छु | सार्वजनिक रुपमा सम्बन्ध बढाउन बुबाले मेरोलागि ठुलो मेहेनत गरिदिनु भएको छ | कहिले कहिँ त लाग्छ म जत्तिकै उहाँ पनि मेरै लागि खट्नु भएको छ | सहयोगी पिता हुनुले धेरै खुशी मिलेको छ | उहाँ धन्यवादका लायक हुनुहुन्छ |”
अहिले नेपाली मिडियामा राम्रो छाप छोडेको केसीको आवाज नेपाली पप संगीत क्षेत्रमा निकै आशा बोकेको आवाज हो । उनका एल्बममा मायाप्रेम लगायत प्रकृति सम्बन्धि गाइएका गीतहरु छन् । हाल अस्ट्रेलियामा अध्यनरत केसी नेपाली संगीत क्षेत्रलाईनै आफ्नो अभिन्न अंग ठानेर अघि बढ्ने बाचा गर्छन् |
अस्ट्रेलियाका सांगीतिक माहौलहरुमा उनको गीत प्रत्यक्ष सुन्नेहरुले समेत उनको स्वरको प्रशंसा गर्छन् | हिजो आज अष्ट्रेलियामा बेलाबखत आयोजना भइ रहने सांगीतिक कार्यक्रमहरुमा उज्ज्वल केसी एउटा आकर्षणकै रुपमा उपस्थित हुने गर्दछन् |

Comments

comments