काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसदीय निर्वाचन सम्पन्न नभएसम्म सरकार परिवर्तन नहुने दाबी गरेका छन्।

आगामी १५ जेठमा बजेट प्रस्तुत गरेलगत्तै नेतृत्व परिवर्तन गर्ने भद्र समझदारी भएको चर्चा चलिरहेकै वेला प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन्।

‘कसै–कसैले यो सरकारलाई म्यादी सरकार भनेको सुनिन्छ, कसैले अद्यावधिक सरकारका रूपमा बुझेका छन्, यस्तो बुझाइ एक अर्थमा ठीकै हो, यो म्यादी सरकार नै हो,’ संविधानसभाको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा सोमबार ओलीले भने,‘आगामी मंसिरभित्र स्थानीय निर्वाचन गराउनु छ, अर्को ०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गराएर बिदा लिनु छ।’

Comments