काठमाडौँ । एनसेलका प्रवन्ध निर्देशक सिमन परकिङ्सले आफूहरुलाई उच्च सरकारी अधिकारीहरुले नै कर नर्तिन सुझाव दिएको खुलासा गरेका छन्।

विभिन्न चरणका वार्तामा कर तिर्न नपर्ने आश्वासन दिएका ती अधिकारीले अन्तिम समयसम्म पनि त्यसमै जोड गरेको उनले बताए।

सरकारी उच्च अधिकारीसँग विभिन्न वार्तामा उनीहरुले कर तिर्नु पर्दैन भनिरेह,’ सिमनले आइतबार पत्रकार सम्मेलनमा भने,‘तर अचानक कर तिर्नू भनेर पत्र आयो, हामी सबै छक्क पर्यौं।’

एक्जियटाले एनसेल किन्न इच्छा देखाएपछि नै नेपालले कर व्यवस्थाबारे बुझ्न चाहेको र सरकारी आश्वासनकै कारण उसलाई कर नलाग्ने जानकारी गराइएको सिमनले प्रस्ट्याए।

Comments

comments