कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत जान चाहाने नेपालीका लागि आवेदन फाराम खुलेको छ ।

नेपालस्थित इपीएस कार्यालयले बिहीबार सूचना प्रकाशित गरी काठमाडौ, पोखरा, बुटबल र धरानबाट फारम भर्न सकिने जनाएको हो । असोज १० र ११ गते हुने परीक्षाका लागि साउन २८ देखी ३१ गतेसम्म फाराम बुझाउन सकिने छ । बिगत वर्षहरुमा काठमाडौंमा मात्र फाराम बुझाउने व्यबस्था गरिएकोमा भीड बढेपछि काठमाडौ बाहिर पनि फारा मभर्ने व्यवस्था गरिएको हो । इपीएस मार्फत २६ हजार नेपाली कोरिया पुगिसकेका छन् । कोरियामा पुगेका कामदारले न्युनतम पनि एक लाख रुपैया पाउने छन् ।

Comments

comments