एजेन्सी । इजिप्टको अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँद दुई जना अलजजीराका पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ ।

उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ ।

यसै मुद्दामा एजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि आरोप लगाइएको भए पनि उहाँमाथिको अदालती सुनुवाइलाई भने आगामी जुन १८ सम्मका लागि स्थगित गरिएको छ ।

Comments