काठमाण्डौं । भारतले नेपालमा स्थिरता आउँन नदिने चेतावनी दिएको छ ।

भारतीय राष्ट्रिय दैनिक हिन्दूका अनुसार भारत सरकारले ओली माथि गम्भीर आरोपहरू समेत लगाएको छ । भारतीय सरकारको उच्च सुत्रलाई उध्रित गर्दै द हिन्दु पत्रिकाले उक्त आरोप प्रकाशित गरेको छ ।

आरोपमा प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्ने प्रतिवद्दता पूरा नगरेको र जबसम्म मधेशी लगायत सबै जनतालाई समान अधिकार नदिइएसम्म नेपालको आन्तरिक राजनैतिक अवस्थामा स्थिरता नआउने उल्लेख छ ।

विष्लेशकहरूका अनुसार यो भनेको नेपालमा भारतीय स्वार्थ पुरा नभए सम्म भारतले स्थिरता ल्याउन नदिने भनि दिएको खुल्ला धम्की हो ।

तर सो पत्रिकाले ओलीले भारत समक्ष कुन वेला संविधान संशोधन गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए भन्ने विषयमा केही खुलाएको छैन । यसबाट ओली भारत गएका वेला केही गोप्य सहमति भएको थियो कि भन्ने शंका उत्पन्न गराएको छ ।

सो पत्रिकामा केपी ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनाललाई उध्रित गर्दै आफ्नो सरकार टिकाउन ओलीले भारतीय राजदूत गुहारेको दाबी पनि गरेको छ ।

तर भारत सरकारको सो सुत्रले ओली सरकारको वचकना र गैर कूटनैतिक व्यवहारले गर्दा सरकार असफल भएको टिप्पणी गरेको समाचार सो पत्रिकाले छापेको छ । नेपालमा हाल कयौं चुनौतिहरू रहेकोले विपक्षीहरू आफै सरकार विरूद्द एकगठ हुन सक्ने आँकलन समेत गरिएको छ ।

Comments