मेलबर्न । हाम्रो इभेन्टस्को आयोजनामा मेलबर्नमा हुन लागेको सांगीतिक कार्यक्रम नाचौं गाऔं रमाइलो साँझ २०७३ को लगभग सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा अहिले चर्चित कलाकारहरु गायक सन्तोष लामा,लोक गायक मिलन लामा,लोक गायिका तथा कन्ट्रोभर्सी क्वीन ज्योति मगर,पिरतिको छाता ओढौंला फेमका गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र हाँस्य कलाकार राजाराजेन्द्र पोखरेलको आकर्षक प्रस्तुति रहनेछ । एकैपटक एउटै कार्यक्रममा यति धेरै कलाकारहरु आउँने भएपछि कार्यक्रमप्रतिको दर्शकहरुको आकर्षण निकै बढेको बताइएको छ ।

मे २२ तारिखका दिन इष्टोनियन हाउसमा हुने नाचौं गाऔं रमाइलो साँझ २०७३ को टिकट अब थोरै मात्र बाँकी रहेको आयोजकको दाबी छ ।

फरक फरक विधाका अहिलेका चर्चित कलाकारहरुको जमघट हुने भएकोले कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको हाम्रो इभेन्टस्का विपिन बस्नेतले बताए । कार्यक्रममा सहभागी हुने कलाकारहरु विगत एक हप्तादेखि नै अष्ट्रेलिया आइसकेका छन् ।

Comments

comments