मेलबर्न । नाईन्टीन फाउन्टीन् युद्द लड्दा तक्मा बूढाले कसरी तक्मा पाए ? त्यही तक्मा पाएको किस्स हरेकलाई सुनाउँदा सुनाउँदै उनी कसरी सबैका प्रिय हुन सके ? मेलबर्नवासी नेपाली दर्शकहरुका मनमा रहेका यस्तै प्रश्नहरुको जवाफ दिन तक्मा बूढा अर्थात कलाकार विल्सन विक्रम राई मेलबर्न आउँदैछन् ।

आफ्नै निर्माणमा बनेको चलचित्र रातो घरको प्रदर्शनका लागि अष्ट्रेलिया आइपुगेका उनी मेलबर्नमा पनि आउँन लागेका हुन् । दर्शक श्रोतालाई हँसाउँन खप्पीस तक्मे बूढाले मेलबर्नमा रातो घरको प्रदर्शनसँगै दर्शक,श्रोतालाई हँसाउँने कार्यक्रम तय भएको छ ।

ईमान ईज्जत् र प्रेस्टीज् भाको अनि तक्मा लगाको थेगोबाट दर्शकलाई हँसाउदै आएका तक्मे बूढा नेप्ले इभेन्टसले आयोजना गर्न लागेको मिट एण्ड ग्रीट विल्सनविक्रम राई कार्यक्रममा सहभागी हुँदैछन् ।

कार्यक्रम यहि ११ मे अर्थात आगामी बुधवार बिगबेली रेस्टुरेन्टमा हुँदैछ । उक्त कार्यक्रममा कलाकार राईसँग भलाकुसारी गर्न,नाच्न, हाँस्न र फोटो खिच्न पाउँनेछन् ।

Comments