जर्मनीमा  आयोजित धार्मिक प्रवचनको क्रममा हृदय घातका कारण निधन भएका बौद्धमार्गीका १४ औं धर्म गुरु श्यामर्पा रिम्पोचेको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली पश्चात् बिहिबार मध्यान्न काठमाडौँको रानीबन स्थित सर्भिनाभ गुम्बामा अग्निदाह दिई अन्तिम विदाई गरिएको छ |
रिम्पोचेको अग्निदाहमा सहभागी हुन नेपालसँगै भारत र भुटानबाट पनि हजारौं अनुयायी आएका थिए । भुटानमा जन्मेर पनि नेपाललाई कर्मथलो बनाउनु भएका रिम्पोचेले नेपाल, भारत, भुटान र युरोपसम्मका देशमा करिब ९ सयवटा बौद्ध धर्म अध्ययन केन्द्र खोलेका छन्  । सबै  अध्ययन केन्द्रहरु मध्येको रानीवन स्थित सर्भिनाभ गुम्वा प्रमुख मानिन्छ |

महायानी बुद्ध धर्मअन्तर्गत काग्युपा परम्परामा अग्रस्थानमा रहेको पुज्यगुरु श्यामर्पा रिम्पोछेको गत जेठ २८ गते जर्मनीमा ह्दयघातका कारण निधन भएको थियो । बुद्ध धर्म मान्यताअनुसार आदरणीय कुन्जिग समर्पा रिम्पोचे धर्म गुरुलाई अमिताभ बुद्धको प्रतिरूपमा सम्मान गरिन्छ ।
पूर्वी तिब्बतको दर्जे राज्यमा सन् १९५२ मा जन्मनुभएर ६ वर्षको उमेरमा समर्पाले अवतारी ग्रहण गरेका थिए | त्यसपछि याङ चेन गुम्बामा धार्मिक परम्पराअनुसार शिक्षादीक्षा दिलाउन उनलाई राखियो । उक्त गुम्बा समर्पा सम्प्रदायको प्रमुख केन्द्र मानिन्छ । नौ वर्षको उमेरमा तिब्बतबाट सिक्किम आएर १६औं ग्याल्बा कमर्पाको भावी अभिभारा बोक्ने हिसाबले उनि पठन–पाठनमा लागेका थिए । उनले अमेरिका कालिफोर्नियास्थित वर्कले विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामलासम्बन्धी विषयमा स्नात्तकोत्तर उपाधि हासिल गरी शाक्य मुनि बुद्धले प्रतिपादन गरेको बौद्ध दर्शनलाई विश्व व्यापक बनाउन नेपालमा बौद्ध शिक्षण केन्द्रको स्थापना गरी विभिन्न देशहरूमा धार्मिक प्रवचन दिँदै आएका थिए |

Comments