मेलबर्न । अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाको न्यू साउथवेल्स शाखा विस्तार भएको छ ।

बिहीबार सिड्नीको कोग्रामा आयोजना गरिएको भेलामार्फत सर्वसम्मतिले सुमन खरेलको संयोजकत्वमा कमिटी बनाइएको हो । कमिटीका अन्य सदस्यहरुमा प्रकाश सुवेदी, कृष्ण कार्की, श्रेयस्कर पाण्डे, एकिन्द्र भण्डारी, रुविना केसी, शान्त गुरुङ वियान पाल, अपेक्षा सापकोटा, प्रियंका लुईंटेल, विजय सुवेदी, रमिला लामिछाने रहेका छन् । उक्त भेलाका अवसरमा नयाँ शक्ति नेपालका केन्द्रीय समिति सदस्य एवं काभ्रे संयोजक डा. नारायण लामिछाने, केन्द्रीय सदस्य शरद खरेल र ओसेनिया क्षेत्रीय संयोजक समिम अनवर सहभागी हुनुहुन्थ्यो ।

उक्त अवसरमा बोल्दै अतिथिहरुले आगामी मे २२ तारिखमा न्यू साउथवेल्समा आयोजना गरिने प्रथम राष्ट्रिय भेलाको सन्दर्भमा सबैजना केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अष्ट्रेलिया संयोजक विनोद पौडेलले न्यू साउथवेल्समै राष्ट्रिय भेला आयोजना गरिएकोले नयाँ कमिटीको काँधमा थप जिम्मेवारी आएको बताउनुभयो ।

Comments

comments