सिड्नी । आमाको मुख हेर्ने दिन विदेशमा हुने छोरा छोरीले सबैभन्दा मिस गर्छन् आमालाई । आमाले त झनै हरेक दिन मिस नगर्ने कुरै छैन ।

कोही अध्धयनका लागि,कोही विजनेशका लागि त कोही केका लागि अनेक वहानामा विदेशमा आउँनेहरुको कमी छैन । विदेशमा सबै सुख सुविधा उपलब्ध भए पनि सबैले सधैं अभाव महसूस गर्ने आमाको काख हो । त्यसैले भनिएको रहेछ–अरुको लाख आमाको काख ।

यही कुरालाई मनन गर्दै सिड्नीका साहित्यकार जितेन्द्र मल्लले लेख्नुभएको गीत “आमा”को लिरिकल भिडियो रिलिज भएको छ ।

मातातीर्थ औशी “आमाको मुख हेर्ने दिन” को अवसरमा गायक शान्तिम कोइरालाको आवाज र कल्याण सिंहको संगीतमा सजिएको गीतले सहजै मन छुन्छ र भावुक बनाउँछ ।

गीतमा आमालाई गुमाइसकेकाहरुको पीडा भावलाई व्यक्त गरिएको छ । गीतकार मल्ल प्रवासमा बसेर पनि नेपाली भाषा तथा साहित्यलाई निरन्तरता दिदै आउँनुभएको छ । उहाँको संयुक्त गजल संग्रह “चार प्रहर “२०६९ र संयुक्त कविता संग्रह” “अन्जुलिमा अभियन्ता” २०६३ प्रकाशित छन् ।
उनको आमा शीर्षकको गीतका हरफहरु यस प्रकार छन् :

मन जलाई, सगरमा गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा कककक
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ !!
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ !!

लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
बाधा आउँदा हरेक मोडमा, आँट दियौ भिड्न सिकें
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
आशुँको यो, सागर मा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।

Comments