काठमाडौँ । आज बैशाख कृष्ण पक्षको औंशी तिथी अर्थात् माता तीर्थ औंशी आजको दिनलाई आमाकोे मुख हेर्ने दिन पनि भनिन्छ ।

आज सन्तानहरुले आफना आमालाई विशेष रुपले सम्झनछन् । आमालाई मिठा मिठा परिकार खुवाउने विभिन्न उपहार दिने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । त्यस्तै टाढा टाढा रहेका सन्तानहरुले फोन गरेर आमालाई सम्झने गर्दछन् ।

जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरुले आज आमाको मुख हेर्ने दिन मनाउंदै छन् । त्यस्तै आज आमा नहुनेहरुले राजधानीदेखि १० किलोमिटर पश्चिम–दक्षिणमा थानकोटसंगै रहेको मातातीर्थ कुण्डमा आफ्नी दिवंगत आमाको महिमा स्मरण गर्दै श्राद्ध गर्छन् । यस दिन त्यहा“ चढाएको र दान गरेका रोटी, फलफूल आदि दिवंगत आमाको मुखमा पर्दछ भन्ने जनविश्वास छ ।

त्यहाँ सम्म पुग्न नसकेकाहµले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राम्हण वा वज्राचार्यलाई जल, सिदा दान गर्ने परम्परा छ । शास्त्रहरुमा प्रत्येक नर–नारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्ने भनिएको छ भने भगवान विष्णुले मातृ वियोगमा परेका मनुष्यलाई आजकै दिन कुण्डमा लगी आमाको मुहारको दर्शन गराएको पनि वर्णन छ ।

Please follow and like us:

Comments