दक्षिण एसियाका साना राष्ट्रहरु मध्यको एक श्रीलंका हाम्रो देश नेपाल जस्तै सार्क समूहमा पर्छ | हिन्द महासागरमा टापूको रुपमा देखिने श्रीलंका मानचित्रमा भारतको दक्षिण भूभाग सँग जोडिन लागेको देखिन्छ | श्रीलंका संग जोडिएका हिन्दु धर्म ग्रन्थ रामायणका कथा प्रसंगले नेपाल र श्रीलंका बिचको पुरानो सम्बन्धलाई समेत दर्शाउँछ | त्यसो त श्रीलंका संग अझै पनि नजिकको मित्र राष्ट्रको नाता पनि छँदै छ | श्रीलंकाका बारेमा केहि तथ्यहरु हामीले इन्टरनेटमा फेला पारेका छौं | ती तथ्यलाई तपाइँ आफु पनि जानी राख्नुहोस् | आउनुस् पढौ श्रीलंकाका १० तथ्य:-

१) श्रीलंकालाई हिन्द महासागरको मोती भनिन्छ |

२) संसारमा नै पहिलो पटक प्रजान्त्रिक चुनावी प्रक्रियाबाट महिला राज्यप्रमुख छनौट गर्ने देश हो श्रीलंका |

३) सानो भइकन पनि विश्वमा सबैभन्दा बढी चिया निर्यात गर्ने देश श्रीलंका हो |

४) संसारका सबैभन्दा पुराना राष्ट्रिय झन्डाहरुमा श्रीलंकाको झन्डा पनि गणना गरिन्छ |

५) श्रीलंकामा ११ वटा विश्वविद्यालय छन् |

६) नेपालको पैसालाई अंग्रेजीमा नेप्लिज रुपी भने जस्तै श्रीलंकाको पैसालाई श्रीलंकन रुपी भनिन्छ |

srilanka_r01_bpfe_r

७) श्रीलंकाका मानिसहरुले बिस्तारै दायाँ बायाँ टाउको हल्लाए भने त्यसको मतलब ” हो ” भन्ने बुझ्नु पर्छ |

८) श्रीलंकामा धेरै झरनाहरु छन्, श्रीलंकमा अधिकांश बिद्युत शक्ति जलविद्युत केन्द्रमा उत्पादित हुन् |

९) चियामा प्रख्यात हुनु अघि श्रीलंका कफिका लागि चर्चित थियो, तर १८७० को दशकमा फैलिएको पात कुहिने रोगले श्रीलंकाको कफि उत्पादनमा गम्भीर असर पार्यो | फलस्वरुप श्रीलंकाले कफि उत्पादन गर्न सकेन |

१०) विश्वमै पहिलो महिला प्रधानमन्त्री पाउने देश श्रीलंका हो, उनको नाम श्रीमाभो बन्दरानायके हो | सन् १९६० देखि १९६५ सम्म तीन कार्यकाल उनले प्रधानमन्त्रीको पद सम्ह्लेकी थिईन |

120921112926-sirimavo-bandaranaike-horizontal-gallery

Please follow and like us:

Comments