मेलबर्न । अन्तराष्ट्रिय नेपाली समाज भिक्टोरियाले प्रवासमा रहेर पनि कसरी नेपालको पुननिर्माणमा युवाहरुले सहभागीता सक्छन् भन्ने बारेमा छलफल गर्ने भएको छ ।

विभिन्न क्षेत्रमा काम गर्ने युवाहरुको सहभागीता रहने छलफलमा विदेश बस्ने युवाहरु किन र कसरी नेपाल निर्माणमा सहभागी हुन सकिन्छ भन्ने विषयमा अन्तक्र्रिया समेत हुने आयोजकले जनाएको छ । युवाहरुबीच विचार आदनप्रदान कार्यक्रमपछि बार्बिक्यु कार्यक्रम समेत रहने बताइएको छ । विदेश हरेक युवाहरु केहि न केहि कामका ज्ञाता छन् । उनीहरुसंग भएको ज्ञानलाई नेपाल निर्माणमा कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफल गर्नु कार्यक्रमको मूख्य उदेश्य रहेको अन्तराष्ट्रीय नेपाली समाज भिक्टोरियाका संयोजक श्रीकृष्ण सिलवालले बताउनुभयो । यो कुनै राजनीतिक कार्यक्रम नभई खुल्ला वहस भएको सिलवालले बताउँनुभयो ।

कार्यक्रम यहि मे १६ तारिख सोमबार बेलुका ४ बजेदेखि ७ बजेसम्म कोबर्ग लेक रिजर्भमा हुदैछ ।

अन्तराष्ट्रिय नेपाली समाज नेपाल विकासको नयाँ योजना बोकेर सुरुवात गरिएको ’नयाँ शक्ति’को विदेशी संगठन हो । विदेशमा बस्ने युवाहरुलाई नेपालको विकास र नीति निर्माणमा संलग्न गराउनु यो संस्थाको उदेश्य रहेको भिक्टोरिया संयोजक सिलवालले हिमालयन कङ्गारुलाई बताउँनुभयो ।

Comments

comments