सिड्नी ।  केही सकरात्मक कर्म गर्नका लागि नेताको मुख ताकेर बस्नु पर्दैन । आफ्नै स्वविवेक प्रयोग गरेर आफैंले शुरु गर्नुपर्दछ ।

यही उदेश्य राखेर संगठित युवाहरु संगठन विवेकशील नेपालीले संविधान सभाको देस्रो निर्वाचनमा समेत युवा अभिमतहरुको सम्मान गर्दै उम्मेदवारी दिएको थियो । न कुनै प्रचार प्रसार न त कार्यकर्ताहरु कोही,यस्तो अवस्थामा उम्मेदवारी दिएका विवेकशीलका उम्मेदवारहरुले मिडिया हाइभ निकै पाए,युवाहरुको समर्थन झनै लोभलाग्दो थियो ।

त्यही विवेकशील नेपाली समूहले अष्ट्रेलियाको सिड्नीमा नेपाल र नेपालीका बारेमा युवाहरुबीच अन्तक्र्रिया कार्यक्रम राखेको छ । जहाँ रहे पनि देशको सरोकार प्रत्येक नागरिकलाई हुन्छ । त्यसैले नेपालको आर्थिक,राजनीतिक,सामाजिक लगायतका विविध विषयमा छलफल गरेर त्यसमा अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको कस्तो भूमिका हुनसक्छ भन्ने विषयमा छलफल हुनेछ ।

मे २९ तारिख आइतवार स्ट्राथफिल्ड पार्कमा हुने सिड्नी भेलामा उपस्थित हुन समपूर्ण विवेकशील नेपालीहरुमा अपिल गरिएको छ । अन्तक्र्रियाको समय अपरान्ह १ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ ।

Comments

comments