मेलबर्न । अष्ट्रेलियाका विभिन्न राज्यहरुमा दर्शक उपस्थितिका आधारमा सुपरडुपर रहन सफल भुवन केसी निर्देशित नेपाली फिल्म ड्रिम्स पुनः प्रदर्शन हुने भएको छ ।

दर्शकहरुको अत्याधिक मागका कारण यो फिल्म मेलबर्न र सिड्नी लगायतका राज्यहरुमा दोहोरिएर प्रदर्शन हुन लागेको हो । मेलबर्नमा प्राविधिक कारणले ड्रिम्स फिल्म राम्रोसँग प्रदर्शन हुन नसकेपछि दर्शकहरु निराश भएका थिए । त्यसैले तिनै दर्शकहरुलाई पुनः निशुल्क यो फिल्म देखाउँन लागिएको हो । सोही सोमा ड्रिम्स हेर्न चाहने अन्य दर्शकहरुले पनि सहुलियत मूल्यमा यो सुपरहिट फिल्म हेर्न पाउँनेछन् । किनभने टिकटको मूल्य १० डलर मात्र राखिएको छ ।

मेलबर्नमा स्मार्ट एक्सेस र साथी इन्टरटेन्टमेन्टले ड्रिम्स फिल्म देखाउँन लागेको हो । फिल्मको प्रदर्शनी यही मे ९ मा चाइना टाउन हलमा हुनेछ ।

dreams

Comments

comments