एमाओवादीले धोका दिएको काँग्रेसको आरोप

काठमाडौं । एकीकृत नेकपा माओवादीले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउँन सम्भव नरहेको निष्कर्ष निकालेको छ । यसबारेमा अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसलाई जानकारी गराएको छ ।

लाजिम्पाटस्थित आफ्नै निवासमा अध्यक्ष दाहालले नयाँ सरकार गठनबारे छलफल गर्न पुगेका कांग्रेस सभापति देउवासहितका नेतालाई तत्काल आफ्नो नेतृत्वमा सरकार गठन गर्न असम्भव रहेको बताएका हुन् । साथै उनले प्रस्तावका लागि कांग्रेसलाई धन्यवाद पनि दिएका छन् ।

बिहीबार विहान निवास पुगेका सभापति देउवासहितका नेतालाई दाहालले यसबारेमा ‘साथीहरूलाई मनाउन नसकिएको’ र नयाँ सरकार गठनको ‘नियमावलीमा समस्या देखिएको’ भन्दै आफ्नो नेतृत्वमा तत्काल नयाँ सरकार गठन गर्न नसकिने बताएका हुन् ।

संसदको नियमावलीमा गम्भीर त्रुटि रहेकोले अविश्वास प्रस्ताव लिएर जान जटिलता देखिएको जिकीर पनि दाहालले गरेको वैठकमा सहभागी एक नेताले बताए । नियमावलीको अन्योलबीच अविश्वासको प्रस्ताव अघि बढाउँदा सत्तारुढ दलले रोष्ट्रम घेरेर झडप हुनसक्ने अवस्था देखिएको दाहालले बताएको ती नेताले बताए ।

यसैबीच कांग्रेसका नेताहरुले भने एमाओवादीले आफूलाई धोका दिएको आरोप लगाएका थिए । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवा, नेता विमलेन्द्र निधि र रमेश लेखक थिए ।

नियमावलीमा देखिएको यही त्रुटिलाई समातेर एमाले सरकार नछोड्ने बरु सदनमा रोष्ट्रम घेरेर अविश्वासको प्रस्ताव कार्यान्वयन हुन नदिने निर्णयमा पुगेकोले समस्या आएको दाहालले बताएको ती नेताले बताए ।

Please follow and like us:

Comments