काठमाडौं । पछिल्लो समय नेपाली शीर्ष नेताहरुको दिल्ली आउजाउको क्रमले तीव्रता पाएको छ ।

एक साता अघि काँग्रेस सभापति शेरवहादुर देउवा दिल्लीबाट फर्के लगत्तै पूर्व राजा ज्ञानेन्द्र शाह सुटुक्क दिल्ली पुगेका थिए । यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज दिल्ली जाने भएका छन् । देशमा सरकार परिवर्तनको हल्लाबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । उनी इन्डिगो एयरलायन्सको विमानबाट दिउँसो २ बजे दिल्ली जानेछन् ।

आफू नियमित उपचारका लागि दिल्ली जान लागेको बताउँदै ठाकुरले भारतमा कुनै राजनीतिक भेटघाट नहुने बताए । मेदान्त अस्पतालमा स्वास्थ्य फलोअपपछि मंगलबार स्वदेश फर्कने उनले बताए । तर मुलुकमा प्रचण्ड नेतृत्वको सरकार बनाउँने अभ्यास शुरु भएसँगै मधेसी मोर्चाहरु पनि त्यसप्रति सकरात्मक भैरहेको बेला हुन लागेको ठाकुरको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।

Comments

comments