काठमाडौ । सत्तारुढ मुख्य दल नेकपा एमाले र एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुटेका छन् ।

नेकपा एमालेको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने एकीकृत माओवादीको स्थायी समिति बैठक अध्यक्ष पुष्पकमल दाहालको निवासमा बस्दैछ ।

सरकारको कामलाई लिएर गठबन्धनका मुख्य दल एमाले र एकीकृत माओवादीबीच नै असमझदारी बढेपछि दुवै दल आन्तरिक छलफलमा जुटेका हुन् । एकीकृत माओवादीले कांग्रेसबाट अहिलेको सरकारको विकल्प खोज्नुपर्ने प्रस्ताव आएको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा गृहकार्य थालेको छ ।

एमालेभित्र भने सरकारको कामकारबाही सच्याउँदै अहिलेकै गठबन्धनलाई बलियो बनाउनुपर्ने आवाज उठेको छ । यसै विषयमा एमाले र एकीकृत माओवादीबीच मंगलबार बेलुका अबेरसम्म बालुवाटारमा छलफल भएको थियो ।

सरकारले जनचाहना अनुसार काम नगरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले आजको संसद बैठकमा पनि यसै विषयमा कुरा उठाउने तयारी गरेको छ ।

Comments