मेलबर्न । अपेक्षाकृत व्यापार गर्न नसके पनि निर्माणको क्रमदेखि नै चर्चामा रहन सफल नेपाली फिल्म हाउ फन्नी अब मेलबर्नका दर्शकहरुले हेर्न पाउँने भएका छन् । यसअघि पुन्टे परेड बनाएका निलु डोमा शेर्पाले निर्देशन गरेको फिल्म हाउ फन्नीलाई पूर्व मिस नेपाल तथा मोडल माल्भिका सुब्बाले निर्माण गरेकी हुन् ।

अहिलेका चल्तीका कलाकारहरु दयाहाङ राई,अनुपजंग शाही,प्रियंका कार्की र केकी अधिकारकिो प्रमुख भूमिका रहेको हाउ फन्नी नाम अनुसार नै हाँस्यरस मिश्रित फिल्म हो ।

मेलबर्नमा भने हाउ फन्नीलाई सोलाङ्चर र चहलपहल मेलबर्नले भित्र्याउँने भएको हो । आगामी मे १६ मा चाइना टाउन सिनेमा हलमा साँभल ६ः३० बजेपछि यो फिल्मको प्रदर्शन शुरु हुनेछ । जसका लागि टिकट मूल्य २५ डलर तोकिएको छ । फिल्मको प्रदर्शनीमा फिल्मका कलाकारहरु भने मेलबर्न आउँने नआउँने भन्नेबारे आयोजकले केही जनाएको छैन ।

Comments

comments