काठमाडौं ।संयुक्त अरब इरिमेट्स युएईले मौसमलाई सन्तुलन बनाइराख्न कृत्रिम पहाडको निर्माण गर्ने योजना बनाएको छ ।

विशाल पहाडकै आकारको हुने कृत्रिम पहाड मरुभूमीमा निर्माण गरिनेछ । कृत्रिम पहाडमा रुख,विरुवा,खेतबारी लगायतका सबै चिज रहने बताइएको छ । यसबाट मौसम सन्तुलन बनाइराख्न मद्दत पुग्ने विशेषज्ञहरुको विश्वास छ । पहाडको निर्माणपछि समयमै वर्षा हुने उनीहरुको अपेक्षा छ । मरुभूमीको बीचमा रहने यो कृत्रिम पहाडको बारेमा अहिले त्यहाँको मौसम तथा पर्यवरण विद र अमेरिकी निर्माण विशेषज्ञहरुसँग छलफल भैरहेको यहू अनलाइनले जनाएको छ ।

समुद्री वस्पलाई वादलको रुपमा रुपान्तरण गर्न पहाडको महत्वपूर्ण भूमिका रहने भएको कृत्रिम पहाड बनाउँन लागिएको हो । हाल यसको निर्माण लागत कति लाग्ने भन्नेबारेमा अध्ययन भैरहेको समाचारमा उल्लेख छ ।

Comments

comments