नेपालगन्ज । सडक दुर्घटनामा परी एमाले नेता भेदलाल ओलीको निधन भएको छ।

बाँके, खासकुश्मा–२ कुसुम निवासी उनी पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार बेलुका करिव ८ बजे मोटरसाइकल दुर्घटनामा परेका हुन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोकी राखेको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा गम्भिर घाइते भएका अन्दाजी ५३ वर्षीय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक ओली खासकुश्मा गाविसका पूर्व अध्यक्ष तथा एमाले बाँकेका जिल्ला कार्यसमिति सदस्य हुन्।

Comments