नेपाली चलन र संस्कृति सच्चिकै अनुपम र मौलिक छन । किनकि ती सबै संस्कृतिभित्र नेपालीपन त छन नै,साथमा त्यसको समय सान्दर्भिकता पनि उत्ति नै उचो पाईन्छ  । आज साउन १५ गते नेपालीहरुको सास्कृतिक परम्परा अनुसार आज खिर खाएर मनाइदै छ । कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो ।

खेतिपातिको काम सकेपछि मीठो खाने कुरा तत्कालिन समयमा खिर भएकाले यो चलन बसेको संकृतिविदहरुले बताएपनि कहिले देखि सुरु भएको भन्न भने सकेका छैनन ।

साउन १५ का दिन आज बजारमा दुघको माग बढेको छ । अघिपछिको तुलनामा आज दोब्बर दुघ विक्री भएको दुघ व्यापारीहरु बताएका छन् । उपत्यकामा आज साउन १५ मा खिर खाने भनिएपनि देशका विभिन्न भागमा भने  साउन महिनाभरी एक दिन खिर खानुपर्छ भन्ने मान्यता रहेको छ ।

Comments