काठमाडौं । अहिलेको समय हावाहुरी र आगजनीको समय हो । मुलुकभर आजगनीका विभिन्न घट्नाहरु सार्वजनिक भइरहेका पनि छन् ।

आगलागी हुने यो समयमा अग्नी नियन्त्रक दमकलको भुमिका महत्वपुर्ण छ । अग्नी नियन्त्रक दमकलको प्रयासमा नै धेरै जनधनको क्षति हुनबाट बचाउँदछ । आगलागी नियन्त्रणमा दमकल कर्मचारीहरु अहोरात्र खट्ने गरेका छन् । २४ सै घण्टा आगलागी नियन्त्रणमा दत्तचित्त दमकल कर्मचारीहरु काठमाण्डौंका साँधुरा सडक र अव्यवस्थित बिजुलीका तारका कारण घट्नास्थलमा सधै स्थानीयको गालीगलौचको सिकार हुने गरेका छन् ।

उनी दमकल हाक्ँने सवारी चालक हुन । २१ बर्षदेखि दमकल चलाउँदै आएका गोपीलाल श्रेष्ठ तनावमा जिउनुपर्ने पेशा भएको बताउँछन । लामो समय दमकल चलाउदै गर्दाको अनुभव सुनाउदै आगलागीको नियन्त्रणमा दमकल लग्दा आफुहरुले कहिल्यै जस नपाएको दाबी गर्छन । घटनास्थलमा दमकल ढिलो पुग्दा सर्वसाधणले जथाभावी गरेको गालीप्रति श्रेष्ठ निकै दुखेसो पोख्छन ।

आगलागी भएको खबर आउने बित्तिकै दौडने गरेको भएपनि राजधानीमा भएको ट्राफिक जामका कारण ढिलो पुग्ने गरेको कर्मचारी गगनकुमार गुरुङले बताए । घटनास्थल साघँुरो सडक भएर जानुपर्ने र जथाभावी छरिएका तारहरुका कारण दमकल ढिला हुँदा कर्मचारीको कुनै दोष नभएको प्रष्ट पारे ।

सर्वसाधरणको अनावश्यक गालीसँगै राजधानीमा भएका सवारी जामको दोहोरो मारले तनावमा जिउनुपरेको कर्मचारीहरुको गुनासो छ । अझ भनौँ प्रयाप्त मात्रामा दमकल नभएको र भएका दमकल पनि बिगे्रपछि कसैले वास्ता नगरेकोमा दमकल कर्मचारीहरु निराश छन् ।

Comments